Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • संसद् सचिवालयले भन्यो – प्रधानन्यायाधीश जबरालाई नियमित कामकाज गर्न दिनु

    संसद् सचिवालयले भन्यो – प्रधानन्यायाधीश जबरालाई नियमित कामकाज गर्न दिनु

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 633
    SHARES

    काठमाडौं । संघीय संसद् सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियमित कामकाज गर्न दिन विभिन्न ६ वटा निकायलाई पत्र पठाएको छ ।

    मङ्सिर २१ गते बुधबार संघीय संसद् सचिवालयले प्रधानन्यायाधीशमाथिको महाभियोग निष्प्रभावी भएको भन्दै नियमित कामकाज गर्न दिन पत्र पठाएको हो ।



    संघीय संसदका महासचिव डा.भरतराज उप्रेतीबाट जारी गरिएको पत्रमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,



    संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद् र प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई समेत पत्र दिएर जानकारी गराइएको छ ।

    पत्र सङ्ख्या ०७९/८०, चलानी नम्बर ७ बाट जारी पत्रमा पुरानो सांसदको कार्यकाल सकिएको कारण महाभियोग पनि निष्प्रभावी भएको भनिएको छ ।

    संसद् सचिवालयले महाभियोगको प्रस्ताव निष्प्रभावी भएको भन्दै पत्र पठाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत जाने तयारीमा रहेका छन् ।

    जबरा प्रधानन्यायाधीशकै रूपमा सर्वोच्च अदालत आएर हाजिर गर्ने तयारी गरे पनि इजलासमा नबस्ने बताइसकेका छन् । जबरा ६५ वर्षे उमेर हदका कारण आगामी मङ्सिर २७ गते अनिवार्य अवकाशमा जान लागेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार