Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यसवर्षको हिट फिल्म ‘झिँगेदाउ’ को सिक्वेल बन्ने

काठमाडौं । यसवर्षको सफल फिल्म ‘झिँगेदाउ’को पनि सिक्वेल निर्माण हुने भएको छ ।

निर्माता एवं निर्देशक ज्ञानेन्द्र देउजाले ‘झिँगेदाउ २’ निर्माणको तयारी थालिएको जानकारी दिए ।

करिब ४० वर्षअघिको नेपालको गाउँले परिवेशमा निर्माण भएको ‘झिँगेदाउ’ ले राम्रो व्यवसाय गरेको कारण यसका निर्माता तथा निर्देशक देउजाले यसको सिक्वेल बनाउन लागेको हुन् ।

‘झिँगेदाउ’ जहाँ सकियो सिक्वेल त्यहीबाट सुरु हुने देउजाले बताए । फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखिरहेका छन् । फिल्ममा ‘झिँगेदाउ २’ मा अघिल्लो पार्टका सबै मुख्य कलाकार दोहोर्याउने निर्देशक देउजाको योजना छ ।

‘झिँगेदाउ’ मा हिउँवाला गौतम, केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल र कुशल विष्टको अभिनय रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077