Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भीम रावल भन्छन् - संसद सचिवालयको पत्र राज्य संचालनमा वेथिति र विकृतिको पराकाष्ठा

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले संघीय संसद सचिवालयले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोगको निलम्बन फुकुवाको पत्र जारी गर्नु राज्य सञ्चालनमा बेथिति र विकृतिको पराकाष्ठा भएको टिप्पणी गरेका छन् ।

बुधबार राति सामाजिक सञ्जालमा ट्वीट गर्दै डा. रावलले यस्तो टिप्पणी गरेका हुन् । त्यसको जिम्मेवारी देश, राज्य र राजकाज चलाउनेहरुले जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।

“उमेरले अवकाश हुने दिन नजिकिदै गर्दा संसद सचिवालयका महासचिवले निलम्बन फुकुवाको पत्र जारी गर्नु राज्य सञ्चालनमा बेथिति र विकृतिको पराकाष्टा हो, यसको देश, राज्य र राजकाज चलाउनेहरुले जिम्मेवारी लिनु पर्दैन र ?,” उनले ट्वीटमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077