Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

सालाको हत्या गरेर प्रहरीमा आत्मसमर्पण

कैलाली । कैलालीमा हसिया प्रहार गरेर सालाको हत्या गर्ने ५० वर्षीया गौरीलाल ढुङगानाले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

जोशीपुर गाउँपालिका ६ का ढुङगाना आफै इलाका प्रहरी कार्यालय सडकपुरको सम्पर्कमा आएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले उनी सम्पर्कमा आएपछि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।

ढुङगानाले मंगलबार आपसी विवादपछि साला पदमराज भण्डारी र जयराज भण्डारीलाई ढुंगानाले हसिया प्रहार गरेका थिए। पदमराज भण्डारीको मृत्यु भइसकेको छ भने जयराजको उपचार कोहलपुर शिक्षण अस्पतालमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077