Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमालेले शुक्रबार लगाउने भयो समानुपातिक सांसदको टुंगो

काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदको टुंगो भोलि लगाउने भएको छ ।

सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो शुक्रबार बस्ने सचिवालय बैठकले लगाउने भएको हो ।

एमालेले प्रतिनिधिसभामा ३४ सिट पाएको छ । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार बस्ने पार्टी सचिवालय बैठकले समानुपातिक सांसदको टुंगो लगाउने जानकारी दिए ।

नेकपा एमालेले सबै क्लस्टर मिलाएर निर्वाचन आयोगले पठाएको पत्रअनुसार सांसदको टुंगो लगाउने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077