Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

समानुपातिक सांसद टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनबाट संघीय संसद्‌को दोस्रो ठूलो दल बनेको नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

चुनावी समीक्षा गर्न र समानुपातिकबाट सांसदको सूची तयार पार्न एमाले सचिवालय बैठक बस्न लागेको हो ।

बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

बैठकले समानुपातिकको सूची टुंग्याउने सम्भावना छ । निर्वाचन आयोगले दलहरूलाई शनिबारसम्म समानुपातिकको सांसदको नामावली दिन निर्देशन दिएको छ ।

४ मंसिरमा भएको निर्वाचनमा एमालेले प्रतिनिधि सभामा समानुपातिकतर्फ ३४ सिट पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077