Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

क्वार्टरफाइनलमा ब्राजिलविरुद्ध क्रोएसिया तथा अर्जेन्टिनाविरुद्ध नेदरल्यान्ड्स भिड्दै

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज क्वार्टरफाइनलका दुई खेल हुँदै छन् ।

अन्तिम आठको आज हुने पहिलो खेलमा ब्राजिल र साविक उपविजेता क्रोएसिया तथा दोस्रो खेलमा अर्जेन्टिना र नेदरल्यान्ड्स खेल्दै छन् । कतारको एजुकेसन सिटी रंगशालामा हुने खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछ ।

विश्वकपमा ब्राजिलले अन्तिम–१६ को खेलमा दक्षिण कोरियाको चुनौती ४–१ ले पन्छाएको थियो । यता, क्रोएसियाले भने प्रिक्वार्टरफाइनलमा अर्को एसियन राष्ट्र जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराएको थियो ।

आजै हुने दोस्रो क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ । कतारको लुसैल रंगशालमा हुने यो खेल राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।

नेदरल्यान्ड्स ८ वर्ष पहिलेको हारको बदला लिने दाउमा हुनेछ भने लियोनल मेस्सीको टिम अर्जेन्टिना फेरि उसलाई निराश बनाउन चाहन्छ। लियोनल मेस्सीले तेस्रोपटक नेदरल्यान्ड्सविरुद्ध विश्वकप खेल्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077