Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

समानुपातिक सांसद छान्न राप्रपाले बोलायो कार्यसम्पादन समिति बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक सांसद चयनका लागि कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार शनिबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक तय गरिएको हो ।

बैठक शनिबार बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ ।

उनका अनुसार बैठकमा निर्वाचनको समीक्षा एवं निर्वाचन आयोगले दिएको समयसीमाभित्र प्रतिनिधि सभा तर्फ ७ र विभिन्न प्रदेशसभातर्फ १७ समानुपातिक सांसदको टुंगो लगाउने विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077