Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

फ्राईडे रिलिज : हलमा ‘डेसान’ भर्सेस ‘द सोल अफ कमाण्डो’

काठमाडौं । आज शुक्रबार हलमा दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्।

हलमा नम्रता सापकोटा अभिनीत फिल्म ‘डेसान’ र राजकुमार राई अभिनीत फिल्म ‘सोल अफ द कमान्डो’ प्रदर्शनमा आएका हुन्।

कमल एक्चै मगर निर्देशित फिल्म ‘डेसान’ मा नम्रतासँगै निशान चौहान, पुनम थापा, भोला सापकोटा, कविता आले, शम्भु थापा, क्षितिज सुवेदी, अरुश जंग सरु, मलाइका बस्नेत, प्रमिशा सरु, कमला रानालगायत कलाकारको अभिनय छ। पुनम र निशानको यो डेब्यू फिल्म हो।

राज थापा काउचाको कथा रहेको फिल्मको पटकथा निर्देशक कमल स्वयंले लेखेका हुन्। फिल्ममा विवाहेत्तर सम्बन्धले वैवाहिक जीवनमा आउने उतारचढाबलाई देखाइएको छ।

हलमा शुक्रबारदेखि नै अर्को नेपाली फिल्म ‘सोल अफ द कमाण्डो’ प्रदर्शनमा आएको छ । ‘सोल अफ द कमाण्डो’ दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडी राजकुमार राई अभिनित फिल्म हो ।

फिल्ममा राजकुमार राई, कमला खापुङ, मिलन राई र रवि थापाको अभिनय छ ।

उनी २४ वर्षपछि यसै फिल्ममार्फत अभिनयमा पुनरागमन गरको हुन् । सन् १९९८ मा रिलिज भएको फिल्म ‘कमाण्डो’पछि उनी पर्दामा देखिएका थिएनन् ।

एक्सन जनरामा निर्माण भएको यो फिल्म २ घण्टा लामो छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077