Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

विप्लवले भने - नेपालमा सङ्घीयताको औचित्य रहेन,संघीयता फेल भयो

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले मुलुकमा सङ्घीयताको औचित्य नभएको बताएका छन् ।

रिपोर्टस् क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता विप्लवले यस्तो बताएका हुन् ।

अहिलेको संघीयताले नेताको मात्रै व्यवस्थापन भएकाले यस्तो सघीयताभन्दा जनताको समानुपातिक संघीयता आवश्यक भएको उनले बताए ।

विप्लवले प्रदेश र संघको निर्वाचनमा आएको मत परिणामले दलहरुको औचित्य नभएको प्रस्ट पारेको जिकिर गरे ।

नेता विप्लवले भने, ‘हामीले थालेको क्रान्ति मान्छे मार्ने नभई वैज्ञानिक समाजवाद ल्याएर आर्थिक क्रान्ति गरी देशको स्वाधीन अर्थतन्त्रको निर्माण हो, यो नागरिकले नपाएको प्रस्ट छ ।’

उनले मंसिर ४ को निर्वाचनले जनतामा खुशी नल्याएको उल्टै थप संकटतर्फ धकेलेको दाबी गरे । विप्लवले नेता व्यवस्थापन गर्ने सङ्घीयता भन्दा जनताको समानुपातिक सङ्घीयता आवश्यक रहेको औंल्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077