Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतमा ग्यास सिलिन्डर विस्फोट : पाँच जनाको मृत्यु, ५० घाइते

एजेन्सी । पश्चिमी भारतको राजस्थान राज्यमा एक विवाह समारोहमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भएको छ ।

राजस्थानको राजधानी जयपुरबाट चार सय ३६ किलोमिटर पश्चिममा रहेको जोधपुर जिल्लाको भुङ्गरा गाउँमा बिहीबार विवाह समारोहमा पाहुना भेला भइरहेका बेला सिलिन्डर विस्फोट भएको हो ।

सो विस्फोटमा परेर पाँच जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएको बताइएको छ । मृतकमा दुई बालबालिका समेत रहेका जोधपुरको जिल्ला कलेक्टरको कार्यालयले जनाएको छ ।

घाइतेहरू सबै जलेका र उनीहरूलाई नजिकैको अस्पतालमा लगिएको छ। तीमध्ये १२ जना गम्भीर घाइते,भएका र उनीहरूलाई विशेष उपचारका लागि जोधपुर पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077