Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको पदाधिकारी बैठक सकियो, समानुपातिक सूची शनिबार टुंग्याउने

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक समानुपातिक सांसदको अन्तिम सूची नटुंग्याइकनै सकिएको छ ।

शुक्रबार पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले शनिबार फेरि बैठक बसेर नाम चयनबारे निर्णय लिने निर्णय गरेको हो ।

समानुपातिक सूचीका विषयमा सरोकारवाला निकाय र कानुनविद्हरुसँग छलफल गरेर समानुपातिक सूची शनिबार टुंगो लगाइने सचिव लीलामणि पोखरेलले जानकारी दिए ।

माओवादीले संघमा १४ सिट पाएको छ भने प्रदेशमा कुल २९ सिट पाउने छ । यस्तै एमालेसहितका दलहरुले पनि शनिबार मात्रै नाम टुंगो लगाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077