Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पहिलो हाफमा क्रोएसिया र ब्राजिलको गोलरहित बराबरी

काठमाडौं । फिफा विश्वकपको पहिलो क्वार्टरफाइनलअन्तर्गत क्रोएसिया र ब्राजिलबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

दोहास्थित एजुकेशन सिटी स्टेडियममा खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् ।

नेइमारले ४२‍औं मिनेटमा पेनाल्टी एरियाको छेउबाट प्रहार गरेको फ्रि(किकमा सोझै क्रोएसियन गोलकिपर डोमिनिक लिभाकोभिचको हातमा पुगेको थियो ।

त्यसअघि क्रोएसियाका इभान पेरिसिचले १४औं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार फ्रेममा परेको थिएन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077