काठमाडौं । फिफा विश्वकपअन्तर्गत ब्राजिल र क्रोएसियाबीचको पहिलो क्वार्टरफाइनल अतिरिक्त समयमा धकेलिएको छ ।
दोहास्थित एजुकेशन सिटी स्टेडियममा जारी पहिलो क्वार्टरफाइनल खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।
निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्ने सुन्दर मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् । अब ३० मिनेटको अतिरिक्त समय थपिएको छ । अतिरिक्त समयमा पनि गोल हुन नसके खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइनेछ ।
पाँच पटकको विश्व विजेता ब्राजिल छैटौँ उपाधि जित्न संर्घष गरिरहेको छ । उता साविक उपविजेता क्रोएशिया यो पटक उपाधि जित्ने दाउमा छ । समूह 'जी'को विजेता बन्दै अन्तिम १६ मा आइपुगेको ब्राजिलले क्वार्टरफाइनल प्रवेशका लागि दक्षिण कोरियाले ४-१ ले पराजित गरेको थियो।
समूह 'एफ'को उपविजेता बन्दै प्रि(क्वार्टरफाइनलमा पुगेको क्रोएसियाले अन्तिम १६मा पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो।