Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेयमारको कीर्तिमानी गोलमा ब्राजिलको अग्रता

काठमाडौं । फिफा विश्वकप अन्तर्गत ब्राजिलले क्रोएसियाविरुद्धको खेलमा अतिरिक्त समयमा अग्रता लिएको छ ।

अतिरिक्त समयको पहिलो हाफको अन्तिम मिनेटमा नेयमारले गोल गर्दै अग्रता दिलाएका हुन् ।

नेयमारले गरेको यो महत्त्वपूर्ण गोलसँगै ब्राजिलियन राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीमा पेलेसँग बरारबी गरेका छन् ।

दोहास्थित एजुकेशन सिटी स्टेडियममा जारी पहिलो क्वार्टरफाइनल खेलको निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077