Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

विश्वकप फुटबल : ब्राजिल र क्रोएसिया अतिरिक्त समयमा पनि बराबरी, खेल पेनाल्टी सुटआउटमा

काठमाडौं । विश्वकप फुटबलमा ब्राजिल र क्रोएसियाले अतिरिक्त समयमा पनि बराबरी खेलेका छन् ।

अतिरिक्त समयमा १–१ को बराबरी भएको हो । खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइने भएको छ । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए।

खेलको १०६ मिनेटमा ब्राजिलले अग्रता लिए पनि क्रोएसियाले ११७ मिनेटमा बराबरी गोल फर्काएको हो। क्रोएसियाका लागि ब्रुनो पेटकोभिचले बराबरी गोल फर्काएका हुन्। त्यसअघि नेयमारले ब्राजिललाई अग्रता दिलाएका थिए । अतिरिक्त समयमा पनि खेल बराबरी भएपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइने भएको हो।

पाँच पटकको विश्व विजेता ब्राजिल छैटौँ उपाधि जित्न संर्घष गरिरहेको छ । उता साविक उपविजेता क्रोएशिया यो पटक उपाधि जित्ने दाउमा छ । समूह ‘जी’को विजेता बन्दै अन्तिम १६ मा आइपुगेको ब्राजिलले क्वार्टरफाइनल प्रवेशका लागि दक्षिण कोरियाले ४-१ ले पराजित गरेको थियो।

समूह ‘एफ’को उपविजेता बन्दै प्रि-क्वार्टरफाइनलमा पुगेको क्रोएसियाले अन्तिम १६मा पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077