Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा

काठमाडौं । ब्राजिललाई पराजित गर्दै क्रोएसिया फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति एजुकेशन सिटी रंगशालामा ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो ।

क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको हो। अतिरिक्त समयमा पनि खेल बराबरी भएपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको हो।

निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। अतिरिक्त समयमा १–१ को बराबरी भएको थियो ।

ब्राजिल चार वर्षअघि क्वार्टरफाइनलमा बेल्जियमसँग पराजित हुँदै विश्वकपबाट बाहिरिएको थियो। पहिलो पटक फाइनलमा पुगेको क्रोएसिया फ्रान्ससँग पराजित हुँदा उपविजेतामा सीमित भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077