Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

समानुपातिक सांसद छान्न राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक सांसद चयन गर्न आज बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्न लागेको हो ।

राप्रपाले प्रतिनिधिसभातर्फ समानुपातिकमा ७ र प्रदेश सभातर्फ समानुपातिकमा १७ सिट जितेको छ ।

राप्रपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ सिट जितेको छ । बैठकले चुनावी समीक्षासमेत गर्ने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077