Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रुसले इरानलाई अत्याधुनिक सैन्य सहायता सहयोग गरेको अमेरिकाको आरोप

    रुसले इरानलाई अत्याधुनिक सैन्य सहायता सहयोग गरेको अमेरिकाको आरोप

    अनलाइन नेपाल
  • शनिबार, २४ मंसिर २०७९
  • 801
    SHARES

    एजेन्सी । रुसले इरानलाई हवाई रक्षा प्रणालीसहितको अत्याधुनिक सैन्य सहायता उपलब्ध गराएको संयुक्त राज्य अमेरिकाले आरोप लगाएको छ ।

    उक्त सहायताले रुसले युक्रेनमा इरानी ड्रोनहरु प्रयोग गर्ने आशंका उब्जिएको बताइएको हो । यसले मस्को र तेहरानबीचको रक्षा सम्बन्ध थप मबजुद बनाउने चेतावनी दिएको छ।



    ह्वाइटहाउसको राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन किर्बीले मस्कोले तेहरानलाई महत्वपूर्ण सैन्य र प्राविधिक सहयोग प्रस्ताव गरेको आरोप लगाएका हुन्।



    उक्त सहयोगले दुई देशबीचको सम्बन्धलाई पूर्ण रक्षा साझेदारीमा रुपान्तरण गरेको अमेरिकी अधिकारीहरुको आरोप छ ।वासिङटनले इरान र रुसबीचको सुरक्षा सहयोगको निन्दा गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार