Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप फुटबल : क्वार्टरफाइनलका अन्तिम दुई खेल आज

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा आज क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन् ।

शनिबार हुने पहिलो खेल क्वाटरफाइनलमा मोरक्को र पोर्चुगल तथा दोस्रो खेलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । मोरक्को र पोर्चुगलबीचको खेल अल थुमामा स्टेडियममा राति पौने ९ बजे सुरु हुनेछ ।

दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् । यस्तै, अन्तिम क्वाटरफाइनलमा साविक विजेता फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल राति पौने १ बजे अल बायत स्टेडियममा सुरु हुनेछ ।

दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् । फ्रान्सले पोल्याण्डलाई तथा इंग्ल्यान्डले सेनेगललाई हराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077