Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • २८ महिनादेखि ग्राउन्डेडमा रहेका ५ चिनियाँ जहाज लिलाम गर्दै निगम

    २८ महिनादेखि ग्राउन्डेडमा रहेका ५ चिनियाँ जहाज लिलाम गर्दै निगम

    अनलाइन नेपाल
  • शनिबार, २४ मंसिर २०७९
  • 765
    SHARES

    काठमाडौं । नेपाल वायुसेवा निगमले ५ वटा चिनियाँ जहाजलाई लिलाम बिक्री गर्ने भएको छ ।

    जहाज भाडामा सञ्चालन गर्न कुनै पनि व्यावसायिक संस्था इच्छुक नभएको कारण देखाउँदै निगमले प्रक्रिया थालेको हो ।



    ती जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २८ महिनादेखि ग्राउन्डेडमा छन् ।



    विमानस्थलको पूर्वोत्तर क्षेत्रमा रहेको रिमोट पार्किङ वेमा थन्काइएका जहाज लिलामका लागि मूल्यांकन गराउन निगमले आशयपत्रको सूचना निकालेको छ ।

    यी जहाजलाई भाडामा सञ्चालन गर्न कुनै पनि स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीले इच्छा नदेखाएकाले अर्थ मन्त्रालयको रायअनुसार लिलाममार्फत बिक्री गर्न मूल्यांकनको सूचना निकालेको निगमले जनाएको छ ।

    निगमको संस्थागत विभागले चिनियाँ जहाजको मूल्यांकनका लागि आह्वान गरेको १५ दिने सूचनामा इच्छुक व्यावसायिक फर्मलाई पुस ५ गतेभित्र आयशपत्र बुझाउन भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार