Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक निष्कर्षविहीन

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक सांसदको टुंगो लगाउन सकस परेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सांसदको टुंगो लगाउन नसकेको हो।

पार्टी पदाधिकारी र आवश्यकता अनुसार कार्यसम्पादन समिति सदस्यसँगको छलफलपछि सभापति शेरबहादुर देउवाले समानुपातिक सांसदको टुंगो लगाउने छन् ।

समितिमा प्रस्तावित नामहरूमा सहमति नजुटेपछि पार्टी सभापति देउवालाई नै नाम टुङ्गो लगाउन विशेष अधिकार दिइएको छ । कांग्रेसले संघबाट ३ तथा प्रदेशबाट ४ जना पुरुष समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाउनुपर्नेछ ।

कार्यसम्पादन समितिको बैठक लगत्तै यतिबेला सभापति देउवा आफ्नो च्याम्बरमा पदाधिकारीहरूसँग छलफलमा जुटेका छन् । दलहरूले आज अपरान्हसम्म समानुपातिक सांसदहरूको सूची निर्वाचन आयोगमा बुझाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077