Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेले टुंगो लगायो प्रतिनिधिसभाका ३४ समानुपातिक सांसद, एकनाथ ढकालदेखि सुनीतासम्म अटाए

काठमाडौं । नेकपा एमालेले समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा सांसद चयन गरेको छ । शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको हो ।

आदिवासी जनजातितर्फ पुरुष ३ जना परेका छन् जसमा देवीप्रसाद भट्टचन वागलुग, हेमराज राई भोजपुर, कालुराम राई झापा रहेका छन् ।त्यसैगरी नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमारी वलाम्पाकी, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा रहेका छन् ।

​खसआर्यतर्फ ११ जनामा पुरुष तीन जना परेका छन् । रघुजीपन्त, एकनाथ ढकाल र दयालबहादुर शाही रहेका छन् । त्यस्तै महिलातर्फ मेनकाकुमारी पोखरेल, सरिता भुसाल,शोभा ज्ञवाली बर्दिया,बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया दीपा शर्मा र सुनिता बराल रहेका छन् ।

थारुतर्फ आश्माकुमार चौधरी र शान्ता चौधरी रहेका छन् । दलिततर्फ ५ जनामा महिला २र पुरुष ३ रहेका छन् । पुरुषमा इश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, र चन्द्र विक रहेका छन् ।

यो क्लस्टरमा महलिातर्फ रुक्मणी राना र हकर्ममाया विश्वकर्मा रहेका छन् । मधेसीतर्फ गंगा प्रसाद यादव, अमृतलाल राजवंशी र विनादेवी, अर्मतादेवी अग्रहरी र प्रतिक्षा तिवारी छन् । मुस्लिमतर्फ सराजअहमद फारुकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077