Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ऐतिहासिक जित निकाल्दै मोरक्को सेमिफाइनलमा, पोर्चुगल बाहिरियो

काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो क्वार्टरफाइनल खेलमा पोर्चुगलमाथि १–० गोल अन्तरको जित हात पार्दै मोरक्को सेमिफाइनलमा पुगेको छ । यससँगै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको हो ।

विश्वकपको इतिहासमा युरोप र दक्षिण अमेरिकी मुलुकबाहेक सेमिफाइनलमा पुग्ने तेस्रो टिम बनेको छ। यसअघि सन् २००२ मा दक्षिण कोरिया र १९३० मा अमेरिका सेमिफाइनलमा पुगेका थिए।

अल थुमामा रंगशालामा भएको खेलको ४३औं मिनेटमा अटियाट अलाहले दिएको क्रसमा हेडरमार्फत एन–नेसेरी उत्कृष्ट गोल गरेका थिए।

मोरक्कोले सेमिफाइनलमा आज राति नै हुने फ्रान्स र इङ्ल्यान्डबीचको विजेतासँग खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077