Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • फिफा विश्वकप २०२२

    ऐतिहासिक जित निकाल्दै मोरक्को सेमिफाइनलमा, पोर्चुगल बाहिरियो

    ऐतिहासिक जित निकाल्दै मोरक्को सेमिफाइनलमा, पोर्चुगल बाहिरियो

    अनलाइन नेपाल
  • शनिबार, २४ मंसिर २०७९
  • 798
    SHARES

    काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो क्वार्टरफाइनल खेलमा पोर्चुगलमाथि १–० गोल अन्तरको जित हात पार्दै मोरक्को सेमिफाइनलमा पुगेको छ । यससँगै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको हो ।

    विश्वकपको इतिहासमा युरोप र दक्षिण अमेरिकी मुलुकबाहेक सेमिफाइनलमा पुग्ने तेस्रो टिम बनेको छ। यसअघि सन् २००२ मा दक्षिण कोरिया र १९३० मा अमेरिका सेमिफाइनलमा पुगेका थिए।



    अल थुमामा रंगशालामा भएको खेलको ४३औं मिनेटमा अटियाट अलाहले दिएको क्रसमा हेडरमार्फत एन–नेसेरी उत्कृष्ट गोल गरेका थिए।



    मोरक्कोले सेमिफाइनलमा आज राति नै हुने फ्रान्स र इङ्ल्यान्डबीचको विजेतासँग खेल्ने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार