Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

इंग्ल्याण्डलाई हराउँदै साविक विजेता फ्रान्स सेमिफाइनलमा

काठमाडौं । साविक विजेता फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वार्टरफाइनलमा इंग्ल्याण्डलाई पराजित गर्दै फ्रान्सले लगातार दोस्रोपटक अन्तिम ४ मा स्थान बनाएको हो ।

क्वार्टरफाइनलमा इङ्ल्यान्डलाई २–१ गोलको नतिजामा पराजित गर्दै साविक विजेता फिफा विश्वकपको सेमिफाइनलमा पुगेको छ। आज बिहान अल बायट रंगशालामा भएको खेलमा साविक विजेता फ्रान्सले इङ्ल्यान्डलाई २–१ गोलले हरायो ।

खेलको १७औं मिनेटमा औरेलिन चोआमेनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । पहिलो हाफमा १–० ले पछि परेका इङ्ल्यान्डले ५४औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गर्ने मौका पाएको थियो।

फ्रान्सका स्कोरर चोआमेनीले १८ यार्ड बक्समा बुकायो साकामाथि फाउल गरेपछि ग्यारेथ साउथगेटको इङ्ल्यान्ड पेनाल्टी पायो। सोही पेनाल्टीको सदुपयोग गर्दै कप्तान ह्यारी केनले खेल बराबरीमा ल्याएका थिए।

प्रतिस्पर्धात्मक खेलको ७८औं मिनेटमा फ्रेन्च फरवार्ड ओलिभर जिरुडले हेडरमार्फत उत्कृष्ट गोल गर्दै पुनः फ्रान्सलाई अग्रता दिलाए। एन्टोइन ग्रिज्म्यानले बायाँतर्फबाट दिएको क्रसलाई पेनाल्टी बक्स भित्र रहेका जिरुडले गोलमा परिणत गरेका थिए । अब फ्रान्सले फाइनल प्रवेशका लागि मोरक्कोसँग खेल्ने छ ।

जारी विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ। फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया खेल्ने छन्। फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077