Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप सेमिफाइनल समीकरण पूरा, पहिलो खेलमा अर्जेन्टिना र क्रोएसिया भिड्ने

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

अन्तिम क्वार्टरफाइनलमा साविक विश्वविजेता फ्रान्सले इंग्ल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेसँगै विश्वकपको सेमिफाइनल पुग्ने चार वटै टोलीको टुङ्गो लागेको हो ।

यस पटकको विश्व कपमा साविक विजेता फ्रान्स र साविक उपविजेता क्रोएसियासँगै अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका छन् ।

पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया तथा दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को खेल्नेछन् । अर्जेन्टिना र क्रोएसियाबीचको खेल मङ्गलवार राति पौने १ बजे हुनेछ ।

यस्तै, दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच बुधवार राति पौने १ बजे खेल हुनेछ । फाइनल खेल पुस ३ गते आइतवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077