Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • विश्वकप सेमिफाइनल समीकरण पूरा, पहिलो खेलमा अर्जेन्टिना र क्रोएसिया भिड्ने

    विश्वकप सेमिफाइनल समीकरण पूरा, पहिलो खेलमा अर्जेन्टिना र क्रोएसिया भिड्ने

    अनलाइन नेपाल
  • आइतबार, २५ मंसिर २०७९
  • 1K
    SHARES

    काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

    अन्तिम क्वार्टरफाइनलमा साविक विश्वविजेता फ्रान्सले इंग्ल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेसँगै विश्वकपको सेमिफाइनल पुग्ने चार वटै टोलीको टुङ्गो लागेको हो ।



    यस पटकको विश्व कपमा साविक विजेता फ्रान्स र साविक उपविजेता क्रोएसियासँगै अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका छन् ।



    पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया तथा दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को खेल्नेछन् । अर्जेन्टिना र क्रोएसियाबीचको खेल मङ्गलवार राति पौने १ बजे हुनेछ ।

    यस्तै, दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच बुधवार राति पौने १ बजे खेल हुनेछ । फाइनल खेल पुस ३ गते आइतवार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार