Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

यी हुन् एमालेका सातै प्रदेशका समानुपातिकतर्फका ७० सांसद (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले सातै प्रदेशका समानुपातिकको नाम पनि टुङ्ग्याएको छ। एमालेले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदको अन्तिम नामावली शनिबार निर्वाचन आयोगमा बुझाएको छ।

एमालेले प्रदेश १ मा १५, मधेस प्रदेशमा ८, बागमतीमा १४, गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिम प्रदेशसभामा ७ जना सांसद् सिफारिससहित निर्वाचन आयोगमा नाम बुझाएको हो।

समाजमा पछाडि पारिएका समुदायलाई राजनीतिको मूलधारमा ल्याउन संविधानले नै प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको हो।

प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचित सांसद रहन्छन् भने समानुपातिकतर्फ ११० सांसद छानिन्छन्।यसैगरी संघ मा जस्तै सातवटा प्रदेशसभामा २२० जना समानुपातिक सदस्य छानिन्छन्।

प्रत्यक्षतर्फ ३३० जना प्रदेशसभा सदस्य छानिइसकेका छन् भने शनिबार नै दलहरुले प्रदेशतर्फका समानुपातिक सदस्यको नाम आयोगलाई बुझाएका छन्।

एमालले आयोगमा बुझाएका प्रदेशसभातर्फ ७० समानुपातिक सांसदको नाम :

प्रदेश १, प्रदेशसभा

आदिवासी जनाजाति महिला

सिर्जना दनुवार, उदयपुर

कमला थापा, झापा

मीना श्रेष्ठ, सुनसरी

सिर्जना राई, भोजपुर

मालती कुमारी लिम्बू, मोरङ

आदिवासी जनाजाति पुरुष

नम्बरलाल धिमाल, झापा

खसआर्य महिला

शिला दीक्षित, मोरङ

तारादेवी ढकाल, झापा

मीरादेवी खनाल आचार्य, सुनसरी

गीतादेवी रेग्मी, उदयपुर

अल्पसंख्यक

लाहुरीकुमारी जिमी याक्ख्या, सुनसरी

दलित

कमला दर्नाल, तेह्रथुम

मधेसी

गीतारानी महतो, मोरङ

मुस्लिम

नुरसदी वेगम, मोरङ

थारु

ललिताकुमारी चौधरी, झापा

एमाले मधेस प्रदेशसभा

आदिवासी जनजाति

मञ्जुकुमारी थापा मगर, बारा

दलित

पलटीदेवी महरा, धनुषा

मधेसी महिला

पलटीदेवी यादव, धनुषा

फूलकुमारी देवी, धनुषा

विनादेवी शर्मा, पर्सा

शिला यादव धनुषा

मधेसी पुरुष

जयचन्द्रपसाद पटेल, रौतहट

मुस्लिम

नाजिमा खातनु, धनुषा

एमाले बागमती प्रदेशसभा

खसआर्य महिला

भारती पाठक, मकवानपुर

अप्सरा चापागाईं घिमिरे, ललितपुर

मायाकुमारी कार्की, रामेछाप

खसआर्य पुरुष

डा. दिनेशचन्द्र देवकोटा, गोरखा

हरिप्रसाद सापकोटा, चितवन

आदिवासी जनजाति महिला

विन्दु श्रेष्ठ, काठमाडौं

माइली तामाङ, सिन्धुपाल्चोक

सुकमाया तामाङ, सिन्धुली

शकुन्तला श्रेष्ठ राजभण्डारी, भक्तपुर

उर्मिला सुनवार, दोलखा (अल्पसंख्यक)

आदिवासी जनजाति पुरुष

आनन्दकुमार श्रेष्ठ, रामेछाप

ज्ञानबहादुर तामाङ, काठमाडौं

ठूला थामी, दोलखा (अल्पसंख्यक)

दलित

बालकुमारी विश्वकर्मा, चितवन

एमाले गण्डकी प्रदेशसभा

खसआर्य महिला

यशोदा रिमाल, लजमुङ

देवका पहाडी, कास्की

खसआर्य पुरुष

कृष्णप्रसाद पाठक, बागलुङ

प्रकाशबहादुर केसी, कास्की

आदिवासी जनजाति महिला

विनाकुमारी थापा, बाग्लुङ

निर्मला थापा, स्याङ्जा

राजकुमारी भुजेल, कास्की (अल्पसंख्यक)

आदिवासी जनजाति पुरुष

लीलाबहादुर थापा मगर, बाग्लुङ

दलित

नन्दकला दमाईं, कास्की

गोविन्दबहादुर नेपाली, बागलुङ

एमाले लुम्बिनी प्रदेशसभा

खसआर्य महिला

जानकी न्यौपाने, रुपन्देही

वसन्ती न्यौपाने, बाँके

खसआर्य पुरुष

गिरिधारीलाल न्यौपाने, कपिलवस्तु

आदिवासी जनजाति महिला

सरिता पुन, रुकुम पूर्व

यमुना रोक्का तामाङ, रोल्पा

थारु

सीता चौधरी, दाङ

भगवतीकुमारी थरुनी, रुपन्देही

दलित

इन्द्रकुमारी गलतराज, पाल्पा

रेखाकुमारी शर्मा, दाङ

मधेसी

शान्ति लोध, रुपन्देही (अल्पसंख्यक)

मुस्लिम

रासा बानु, बाँके

एमाले कर्णाली प्रदेशसभा

खसआर्य महिला

दक्षिणा शाही, कालीकोट

तुलासा मल्ल, रुकुम पश्चिम

खसआर्य पुरुष

कलबहादुर हमाल, हुम्ला (पिछडिएको क्षेत्र)

दलित

गमता विक, दैलेख (पिछडिएको क्षेत्र)

आदिवासी जनजाति

नन्दा गुरुङ, सुर्खेत

एमाले सुदूरपश्चिम प्रदेशसभा

खासआर्य महिला

सन्तोषीकुमारी शर्मा थापा, कैलाली

जानकी बम ऐर, बैतडी

निर्मलादेवी साउद, डोटी (पिछडिएको क्षेत्र)

खासआर्य पुरुष

राजेन्द्रसिंह राउत, कञ्चनपुर

धर्मराज पाठक, कैलाली

दलित

हीरा सार्की, कञ्चनपुर

थारु

कोइलीदेवी चौधरी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077