Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

‘ऐना झ्यालको पुतली’लाई कौतिक फिल्म अन्तर्राष्ट्रिय फेस्टिभलमा सर्वोत्कृष्ट फिल्मको पुरस्कार

काठमाडौं । ‘ऐना झ्यालको पुतली’ भारतको नैनीतालमा आयोजित कौतिक फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्म घोषित भएको छ ।

डिसेम्बर २ देखि ४ सम्म नैनीतालमा आयोजना भएको फेस्टिभलमा फिल्म उत्कृष्ट फिल्मसहित ४ विधामा अवार्ड हात पारेको हो । फिल्मले अभिनय विधामा २ र सम्पादन विधामा पनि अवार्ड जितेको हो ।

फेस्टिभलमा सर्वोत्कृष्ट फिल्मसँगै सम्पादन, अभिनेता र अभिनेत्री विधामा ट्रफी उचाल्यो । सम्पादक किरण श्रेष्ठ, कञ्चन चिमरियाले अभिनेत्री र दिनेश खत्रीले अभिनेतातर्फ अवार्ड उचाले ।

भदौ २४ मा प्रदर्शनमा आएको ‘ऐना झ्यालको पुतली’ले बंगलादेशमा उत्कृष्ट निर्देशकको अवार्ड जितेको थियो भने दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलमा मुख्य प्रतिस्पर्धामा छानिन सफल भएको थियो ।

युवतीको पढ्ने रहरलाई झ्यालमा रहेको पुतलीसँग तुलना गर्दै निर्माण गरिएको फिल्मलाई यो दशककै उत्कृष्ट सिनेमाको रुपमा चर्चा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077