Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

राजदूतद्वय मिश्र र पोखरेललाई गैरआवासीय राजदूतको पनि जिम्मेवारी

काठमाडौं । श्रीलंका र अष्ट्रेलियाका राजदूतलाई गैरआवासीय राजदूतको समेत जिम्मेवारी दिइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीलंकाका राजदूत वासुदेव मिश्रलाई माल्दिभ्स र अष्ट्रेलियाका राजदूत कैलाशराज पोखरेललाई न्यूजिल्याण्डका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेकी हुन्।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनीहरूलाई राष्ट्रपतिले गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077