Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नयाँ सांसदलाई पशुपति शमशेर जबराले शपथ खुवाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पशुपतिशम्शेर जबराले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई शपथ खुवाउने भएका छन् ।

मंसिर ४ गते सम्पन्न चुनावबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई ज्येष्ठ सदस्यका रुपमा जबराले शपथ खुवाउने भएका हुन् ।

प्रत्यक्ष निर्वाचित १६५ र दलहरुले समानुपातिक पद्धतिबाट निर्वाचित गर्न निर्वाचन आयोगका नाम बुझाएका ११० जनामध्ये ज्येष्ठ सदस्य जबरा रहेका छन् ।

सार्वजनिक विवरण अनुसार २७५ सदस्यमध्ये ज्येष्ठ सदस्यका रुपमा जबरा देखिएका हुन् । उनी ८१ वर्षका भए । जबराको जन्म वि। सं १९९८ वैशाख २५ गते काठमाडौंको महाराजगंजमा जन्मिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077