Jul 08 2026 | २०८३, आषाढ २४ गते

08 Jul 2026 | बुधवार, आषाढ २४ गते २०८३

बुधवार, आषाढ २४ गते २०८३
images
images

विश्वकपबाट बाहिरिएपछि रोनाल्डोले खोले मुख, भन्छन् - ठूलो सपना साकार पार्न असफल भएँ

काठमाडौं । विश्वकीर्तिमानी फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो देश पोर्चुगलप्रतिको आफ्नो समर्पण परिवर्तन नभएको बताएका छन् ।

कतार विश्वकपमा क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि फेसबुकमा लामो स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । शनिबार राति जारी विश्वकपको क्वार्टरफाइलमा मोरोक्कोसँग १–० ले पराजित भएपछि पोर्चुगल बाहिरिएको थियो । उनले आफ्नो त्यो सपनाको हिजो दुःखद अन्त्य भएको तर आक्रोशित प्रतिक्रिया दिनु उचित नहुने बताए ।

‘यसबारेमा धेरै भनिएको छ, लेखिएको छ, अनुमान गरिएको छ, तर पोर्चुगलका लागि मेरो समर्पण परिवर्तन भएको छैन’, रोनाल्डोले लेखेका छन्, ‘अहिलेलाई धेरै भन्नु केही छैन, धन्यवाद पोर्चुगल, धन्यवा कतार । लामो समयसम्मको सपना राम्रो थियो । आशा गरौं कि परिस्थिति सबैको असल मार्गदर्शक हुनेछ र हरेकलाई आफ्नो सपना पूरा गर्ने अनुमति दिनेछ ।’

यस्तै रोनाल्डोले पोर्चुगलका लागि विश्वकप जित्ने आफ्नो करियरको सबैभन्दा ठूलो र महत्वाकांक्षी सपना भएपनि असफल भएको बताए ।

'मैले धेरै अन्तर्राष्ट्रिय उपाधि जितेँ । तर, आफ्नो देशका लागि विश्वकप जित्ने मेरो सबैभन्दा ठूलो सपना थियो । यसका लागि म धेरै लडेँ । कडा संघर्ष गरेँ । मैले त्यो सपनालाई कहिल्यै छोडिनँ,'उनले भनेका छन्, 'तर दुःखको कुरा हिजो सपना समाप्त भयो ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077