Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वीरगन्जका व्यापारी अग्रवाल भारतमा मृत फेला

वीरगन्ज । वीरगन्ज महानगरपालिका-६ माइस्थानका एक व्यापारी भारतमा मृत फेला परेका छन् ।

माइस्थान घर भएका ५० वर्षीय सुनील कुमार अग्रवाल भारत बिहारको पुर्वी चम्पारणको छौडादानोस्थित रेल्वे क्षेत्रमा मृत अवस्थामा फेला परेका हुन् ।

वीरगंज घण्टाघर नजिक रहेको पशुपति इलेक्ट्रिकका सञ्चालक अग्रवाल आइतबार बिहान मर्निङ वाकमा निस्किएको र दिउँसो १ बजेसम्म पनि परिवारको सम्पर्कमा नआएपछि खोजी गरिएको थियो।

शवको बिहारकै मोतिहारीमा पोष्टमार्टम गरी आवश्यक प्रक्रिया पूरा गरेर शव वीरगन्ज ल्याउने तयारी भइरहेको पर्सा प्रहरीले जनाएको छ । घटनाको भारतीय प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077