Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कतार विश्वकप : सेमिफाइनल र फाइनल खेल्न नयाँ बल सार्वजनिक

काठमाडौं । विश्वकप फुटबलको सेमिफाइनल र फाइनलमा नयाँ बल खेलाइने भएको छ ।

आयोजक कतारले मंगलबार र बुधबार राति सेमिफाइनल र अर्को साता हुने फाइनल खेलका लागि ‘अल हिल्म’ नामक नयाँ बल सार्वजनिक गरेको हो ।

अरेबिक शब्द 'अल हिल्म' को अर्थ सपना हो । यसअघि प्रयोग भएको बल नाम ‘अल रिहला’ राखिएको थियो ।

यसको अर्थ ‘यात्रा’ हो । एडिडास कम्पनीले हिजो विश्व कपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको नयाँ बलमा यस अघि प्रयोग भएको बलमा जस्तै प्रविधिको प्रयोग गरिएको छ ।

यसले रेफ्रीहरुलाई निर्णय लिन निकै मदत पुग्ने एडिडासले जनाएको छ । यस पटकको विश्व कपमा फ्रान्स, क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077