Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कतार विश्वकप : सेमिफाइनल र फाइनल खेल्न नयाँ बल सार्वजनिक

    कतार विश्वकप : सेमिफाइनल र फाइनल खेल्न नयाँ बल सार्वजनिक

    अनलाइन नेपाल
  • सोमबार, २६ मंसिर २०७९
  • 723
    SHARES

    काठमाडौं । विश्वकप फुटबलको सेमिफाइनल र फाइनलमा नयाँ बल खेलाइने भएको छ ।

    आयोजक कतारले मंगलबार र बुधबार राति सेमिफाइनल र अर्को साता हुने फाइनल खेलका लागि ‘अल हिल्म’ नामक नयाँ बल सार्वजनिक गरेको हो ।



    अरेबिक शब्द ‘अल हिल्म’ को अर्थ सपना हो । यसअघि प्रयोग भएको बल नाम ‘अल रिहला’ राखिएको थियो ।



    यसको अर्थ ‘यात्रा’ हो । एडिडास कम्पनीले हिजो विश्व कपको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक गरेको हो ।

    सार्वजनिक गरिएको नयाँ बलमा यस अघि प्रयोग भएको बलमा जस्तै प्रविधिको प्रयोग गरिएको छ ।

    यसले रेफ्रीहरुलाई निर्णय लिन निकै मदत पुग्ने एडिडासले जनाएको छ । यस पटकको विश्व कपमा फ्रान्स, क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा प्रवेश गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार