Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कामचलाउ सरकारले अध्यादेश ल्याउनु निर्लज्ज कुर्सी मोहको पराकाष्ठा : तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं नवनिर्वाति सांसद डाक्टर तोसिमा कार्कीले कामचलाउ सरकारले रातारात जनघातक अध्यादेश ल्याउन नहुने भन्दै विरोध गरेकी छन् ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मुद्दा फिर्ता लिन फौजदारी संहितामा संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेपछि नवनिर्वाचित सांसद तोसिमाले विरोध गरेका हुन् । उनले अध्यादेश ल्याउनु निर्लज्ज कुर्सी मोहको पराकाष्ठा भएको टिप्पणी गरिन् ।

साथै उनले देशलाई दुर्घटनाबाट बचाउन नागरिक विरोध आवश्यक रहेको औँल्याएकी छिन् । कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अपराधीहरुलाई कारागारसम्म गएर भेट्ने तथा रिहाई गराउन कामचलाउ सरकारले रातारात जनघातक अध्यादेश ल्याउने ? निर्लज्ज कुर्सी मोहको पराकाष्ठा ! विधिको शासनलाई आफू अनुकुल नचाउन दिईनुहुदैन। देशलाई दुर्घटनाबाट बचाउन नागरिक विरोध आवश्यक छ। तत्काल यो अध्यादेश सच्याईयोस्, खारेज गरियोस् । '

सरकारले आइतबार मन्त्रिपरिषद बैठकबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्दै विद्रोहीहरूलाई आममाफी दिने प्रावधान राख्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो।

सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी लगायतका विद्रोहीहरूलाई आममाफी दिन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेपछि प्रतिपक्ष मात्र नभइ सत्तारुढ दलभित्रैबाट पनि विरोध भएको छ ।

अहिले नागरिक उन्मुक्ति, जनमत पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता विभिन्न मुद्दामा कारागारमा छन् । हालैको निर्वाचनमा सत्तारूढ दलको स्पष्ट बहुमत आउन नसकेपछि ती दलका नेताहरूले चौधरीलाई मुक्त गरी उनको पार्टी नागरिक उन्मुक्तिको सहयोग लिनेगरी गृहकार्य थालेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077