Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रोनाल्डोका लागि विराट कोहलीको भावुक पोस्ट, भने - तिमी मेरो लागि सर्वकालीन सर्वोत्कृष्ट

एजेन्सी । कतारमा चलिरहेको विश्वकप फुटबलबाट पोर्चुगल बाहिरिएको छ । क्वाटरफाइनलसम्म यात्रा तय गरेको पोर्चुगल बाहिरिएसँगै पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको विश्वकपको ट्रफी उचाल्ने सपना पनि अन्त्य भएको छ ।

आफ्नो यो सपना अन्त्य भएको रोनाल्डो स्वयंले बताएका थिए । क्वाटरफाइनलमा मोरक्कोसँग पराजित पोर्चुगलले हारे पनि रोनाल्डोप्रति समर्थन र संवेदना विश्वभरबाट मानिसहरुले देखाइरहेका छन् ।

यहीबीच भारतीय क्रिकेटर विराट कोहलीले पनि रोनाल्डोका लागि एक भावुक पोस्ट लेखेका छन् ।

विराटले लेखेका छन्, ‘कुनै पनि ट्रफी तथा टाइटलले रोनाल्डोबाट यो छिन्न सक्दैन जुन तपाईंले खेलबाट विश्वभरका प्रशंसकहरुलाई दिएका छौ, कुुनै पनि उपाधिले यो बताउन सक्दैन कि तपाईंले मानिसको जीवनमा कस्तो प्रभाव छोड्न्ु भएको छ ।

यो भगवानबाट मिलेको एउटा पुरस्कार हो, यो एउटा आशीर्वाद हो र कठिन परिश्रम तथा समर्पणको प्रतीक हो । तपाईं जो कोही खेलाडीका लागि एक प्रेरणा हुनुहुन्छ, मेरा लागि तपाईं सर्वश्रेष्ठ हुनुहुन्छ ।’

रोनाल्डोले यो विश्वकपमा जम्मा एक गोल गरे । त्यो पनि उनले समूह चरणमा घानाविरुद्ध गोल गरेका हुन् । यो पेनाल्टी सुटआउटमा उनले गरेको गोल थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077