Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

टर्कीले काठमाडौंमा दूतावास खोल्ने

काठमाडौं । गणतन्त्र टर्कीले नेपालमा निकट भविष्यमा आफ्नो दूतावास खोल्ने भएको छ।

दुई देशबीचको बढ्दो सम्बन्धलाई मध्यनजर गर्दै निकट भविष्यमा काठमाडौंमा टर्कीको दूतावास खोल्न दुवै मन्त्री सहमत भएका परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपालका परराष्ट्र मन्त्री नारायण खड्का र गणतन्त्र टर्कीका समकक्षी मेव्लुत काभुसोग्लुबीच गएको शुक्रबार टेलिफोन संवादमा यस विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस बारेमा प्रष्ट पारेको हो ।

‘दुई देशबीचको बढ्दो सम्बन्धका कारण निकट भविष्यमा काठमाण्डौमा दूतावास खोल्ने बारे दुई मन्त्रीबीच सहमति भएको छ’, विज्ञप्तिमा उल्लेख छ, ‘दुई समकक्षीबीच आपसी हित साथै भविष्यमा दुवै देशबीचको द्विपक्षीय सम्बन्ध मजबुत बनाउने विषयमा पनि छलफल भयो ।’

नेपाल–तुर्की द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विभिन्न विषयमा पनि छलफल भएको परराष्ट्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077