Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • ट्राफिक नियम उल्लंघन गर्ने २०७ सवारी चालकमाथि कारबाही

    ट्राफिक नियम उल्लंघन गर्ने २०७ सवारी चालकमाथि कारबाही

    अनलाइन नेपाल
  • सोमबार, २६ मंसिर २०७९
  • 531
    SHARES

    फाइल तस्विर

    काठमाडौं । उपत्यकामा सोमबार बिहान भएको विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङको क्रममा २०७ जना सवारी चालकलाई काठमाडौं ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

    सवारी चालक अनुमतिपत्र नभई सवारी चलाएका ३ जना, कागजपत्र साथमा नलिई सवारी चलाउने १२ जना र अन्य कसुरमा ३ जना विद्यार्थी चालकलाई कारबाही गरिएको छ ।



    सोही चेकिङ्गकै क्रममा ट्राफिक नियम उल्लंघन गर्ने अन्य १८९ जना सवारीसाधनका चालकहरुलाई पनि ट्राफिक प्रहरीले कारवाही गरेको छ ।



    दुर्घटना न्यूनीकरण तथा सवारी आवागमन सहज बनाउन ट्राफिक प्रहरीले विशेष चेकजाँच गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार