Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ५० किलोमिटर भन्दा बढीको स्पिडमा गाडी-बाइक गुडाउन नपाइने

    ५० किलोमिटर भन्दा बढीको स्पिडमा गाडी-बाइक गुडाउन नपाइने

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 543
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा प्रति घन्टा ५० किलोमिटर भन्दा बढीको स्पीडमा गाडी गुडाउन नपाइने भएको छ ।

    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्था समेतलाई मध्यनजर गर्दै सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि कलङ्की-कोटेश्‍वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।



    यस्तै कोटेश्‍वर-भक्तपुर सडक खण्डमा पनि प्रति घण्टा ५० किलोमिटर गति तोकिएको छ ।



    उपत्यकाको विभिन्न स्थानमा आवश्यकता अनुसार गति सीमा तोकी सोही स्थानमा गति सिमाना बोर्डहरू समेत राखिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार