Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एकैदिन ट्राफिक नियम उल्लंघन गर्ने तीन हजार एक सय ४८ चालक कारबाहीमा

    एकैदिन ट्राफिक नियम उल्लंघन गर्ने तीन हजार एक सय ४८ चालक कारबाहीमा

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 480
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा ट्राफिक नियम उलङ्घन गर्ने तीन हजार एक सय ४८ चालकलाई कारबाही गरेको छ ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार चलाएको विशेष कारबाहीमा काठमाडौं, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उलङ्घन गर्ने उक्त सङ्ख्यामा चालकलाई कारबाही गरेको हो ।



    कार्यालयले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने एक सय १४, लेन अनुशासन पालना नगर्ने ९४, रातो बत्ती नमान्ने ५९, हर्न बजाउने ५१, नम्बर प्लेट मेटिएका २८ जनालाई कारबाही गरेको हो ।



    सोही चेकिङकै क्रममा ट्राफिक प्रहरीले अन्य दुई हजार आठ सय दुई जनालाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार