Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

    चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ३० चैत्र २०७९
  • 462
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका-२ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-४ लोलाङ हाइट बस्ने ३९ वर्षीय रमेश बहादुर राई रहेका छन् ।



    सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-३ हैबुङ घर भई काठमाडौं थली बस्ने कृष्ण बहादुर तामाङको बागमती प्रदेश ०२-०१५ प १७७४ नम्बरको मोटरसाइकल हराएको भन्ने उजुरीको आधारमा ट्राफिक प्रहरीले राईले उक्त मोटरसाइकलमा नम्बर प्लेट नराखी चलाइरहेको अवस्थामा काठमाडौं लोलाङ हाइटबाट पक्राउ गरेको हो ।



    राईलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त महाराजगन्जमा पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार