Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

धनगढीमा नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ

धनगढी । प्रहरीले नक्कली नोटसहित धनगढीबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

आइतबार साँझ धनगढी पक्राउ पर्नेमा भारत पलिया बस्ने ३६ वर्षीय कमलेश गुप्ता ब्रिजेस रहेका छन्।

उनलाई उपमहानगरपालिका–१ पशुपति टोलबाट ५ सय रुपैयाँ दरका ९ थान नक्कली नोटसहित भारतीय नागरिकलाई पक्राउ गरिएको हो ।

पशुपति टोलस्थित जय श्री चण्डिका ट्रेडस एण्ड सप्लायर्समा रक्सी खरिद गर्न भनी आएका उनले उक्त नक्कली नेपाली नोट

ल्याएको भन्ने जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो। अहिले म्याद थप गरेर उनीमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077