Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रेशम चाैधरीसहितलाई जेलमुक्त गर्न अध्यादेश ल्याउने सरकारकाे निर्णयप्रति एमालेकाे आपत्ति

काठमाडौं । निर्वाचन आयोग समानुपातिक सांसदको अन्तिम सूची सार्वजनिक गर्न लागेको र नवनिर्वाचित संसद्ले काम सुरु गर्न केहि समयमा बाँकी रहँदा सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेपछि नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले आपत्ति जनाएका छन् ।

उनले  ‘संविधानको रक्षा गर्छौं’ भन्ने चुनावी नारा घन्काएको गठबन्धन सरकारले संविधानको भावनामाथि नै असर पार्ने गरी यस्तो अध्यादेश ल्याउन खोज्नु आफैंमा गलत भएको उल्लेख गर्दै एमालेले त्यसको सशक्त विरोध गर्ने बताएका छन् ।

उपमहासचिव रिमालले जेलभित्र रहेका राजनीतिक बन्दीलाई रिहाई गर्ने नाममा इट्टाभट्टामा मान्छे मारेको आरोप लागेका कांग्रेस नेता मोहम्मद अफताव आलमलाई आममाफी दिन सो अध्यादेश ल्याउन सरकार लागि परेको गम्भीर शंका समेत व्यक्त गरे ।

उनले वर्तमान गठबन्धन सरकार कायमै रहे मुलुकले धेरै नकारात्मक कुराहरू भोग्नुपर्ने र लोकतन्त्रप्रतिको वितृष्णा झनै बढेर जाने आरोप समेत लगाए ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मुद्दा फिर्ता लिन फौजदारी संहितामा संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077