Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डलाई भेट्न खुमलटार पुगे कांग्रेस नेता अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सोमवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

आइतबार राति भक्तपुरको बालकोट पुगेर ओलीलाई भेटेका उनले सोमबार ललितपुरस्थित खुमलटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।

दुवै राजनीतिक भेटवार्तामा सरकार गठनसहित राजनीतिक, समसामयिक विषयमा कुराकानी भएको छ । सोमबार प्रचण्डको जन्मदिनसमेत परेकाले नेता केसीले शुभकामना पनि दिएका छन् ।

कांग्रेस संसदीय दलको नेतासहित प्रधानमन्त्री बन्ने दौडमा थापा रहेका बेला केसीको राजनीतिक भेटवार्ता भएको हो ।

नयाँ सरकार गठनको विषय पेचिलो बनिरहेका बेला कांग्रेस नेता केसीले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077