Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चिया तथा कफी बोर्डका तत्कालीन निर्देशक गौतमलाई तीन महिना कैद

काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतमलाई विशेष अदालतले भ्रष्टाचार ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको छ ।

न्यायाधीश श्रीकान्त पौडेल र खुसीप्रसाद थारूको संयुक्त इजलासले उनीसहित विरुद्ध लागेको अभियोग आंशिक रूपमा सही ठहर गर्दै तीन महिना कैद र १० हजार जरिवानाको फैसला सुनाएको हो ।

बोर्डको कृषि प्राविधिक र लेखापाल पदमा शैक्षिक योग्यता नपुगेका व्यक्तिहरूलाई नियुक्ति दिएको भन्दै अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले कार्यकारी निर्देशक गौतमसहित दरखास्त स्वीकृत गर्ने कर्मचारी तत्कालीन प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुईंटेल र लेखा अधिकृत टंकप्रसाद ओलीविरुद्ध गत जेठ २६ गते मुद्दा दायर गरेको थियो ।

उनीहरूले न्यूनतम शैक्षिक योग्यता नहेरी, बदनियत राखी न्यून एवं अमिल्दो शैक्षिक योग्यताको तथ्यलाई लुकाएर योग्यता नपुगेका आवेदकहरूको दरखास्त फारामहरू ठिक छ भनी प्रमाणित गरेको अख्तियारको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077