Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अस्ट्रेलियामा ड्युटीमा रहेका दुई प्रहरीको गोली हानी हत्या

एजेन्सी । अस्ट्रेलियाान दुईजना प्रहरी अधिकारी र एकजना सर्वसाधारणको गोली हानी हत्या गरिएको छ । क्विन्सल्यान्डको एक विकट स्थानमा रहेको एउटा घरमा उनीहरुको गोली हानी हत्या गरिएको हो ।

घटनाकाबेला ती प्रहरी अधिकारीहरू ब्रिस्बेनदेखि २७० किलोमिटर पश्चिममा रहेको बिएमबिल्लामा हराइरहेका एकजना व्यक्तिबारे गरिएको उजुरीमाथि कारबाही गरिहेका थिए ।

पत्रकार सम्मेलनमा प्रहरीले आक्रमणकारीहरू अझै फरार रहेको जनाएको छ । त्यहाँका स्थानीयलाई अर्को सूचना जारी नभएसम्म घरबाहिर ननिस्कन निर्देशन दिइएको छ ।

क्विन्सल्यान्ड प्रहरी आयुक्त क्याट्रिना क्यार्रोलले सो घरमा चारजना प्रहरी पुगेको तथा घाइते दुईजनाको अस्पतालमा उपचार भइरहेको जानकारी दिएकी छन् । आक्रमणकारीहरूको खोजिका लागि प्रहरी र विशेष फौजलाई हवाई सहयोग दिने 'पोलएयर' पनि परिचालित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077