Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप फुटबल : सेमिफाइनलमा अर्जेन्टिना र क्रोसिया भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया खेल्दैछन् । यी दुई देशबीचको खेल आज राति पौने १ बजे दोहाको लुसाइल स्टेडियममा सुरु हुनेछ ।

अर्जेन्टिनाले नेदरल्याण्ड्स र क्रोएसियाले पाँच पटकको विश्व विजेता ब्राजिललाई हराएर सेमिफाइलनको यात्रा तय गरेका हुन् ।

अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा गरी दुई पटकसम्म विश्वकपको उपाधि जितेको छ । तीन पटक फाइनलमा पुगेको छ । क्रोएसियाले अहिलेसम्म विश्वकपको उपाधि जितेको छैन् ।

यस्तै क्रोसिया र अर्जेन्टिनाबीच अहिलेसम्म कुल ५ खेल भएका छन् । जसमा दुवै देशले २-२ खेल जितेका छन् भने एक खेल बराबरी भएको छ । दुवैबीच पछिल्लो पटक २०१८ को विश्वकपमा खेल भएको थियो । समुह चरणको सो खेल क्रोसियाले ३-० गोल अन्तरले जितेको थियो ।

यस खेललाई अर्जेन्टिनाका लियोनेल मेसी र क्रोसियाका लुका मोड्रीचबीचको भिडन्तको रुपमा पनि हेरिएको छ । अघिल्लो संस्करणको विश्वकपको फाइनलमा क्रोएसिया फ्रान्ससँग पराजित हुँदै उपविजेता बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077