Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

श्रीमान् भेट्न हिरासत पुगेकी श्रीमती लागुऔषधसहित पक्राउ

दाङ । प्रहरी हिरासतमा रहेका श्रीमानलाई भेट्न गएकी श्रीमती लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेकी छिन् ।

जिल्लाको घोराही उप–महानगरपालिका १५ कि २६ वर्षकी शान्ति खड्का पक्राउ परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोमबार जिल्ला प्रहरी कार्यालय दाङको हिरासत कक्षमा लागुऔषध मुद्दा चलेर थुनामा रहेका २२ वर्षका अशोक खड्कालाई भेट्न पुगेकी शान्तिको साथबाट पाँच पुरिया (१२० मिलिग्राम) ब्राउन सुगर फेला परेको हो ।

शान्तिले श्रीमानलाई दिन भनी ल्याएको फलफूल जाँच गर्ने क्रममा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077